अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आहवान

कोरोनाबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आहवान


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

सर्वदलीय बैठक शनिबार बिहान ११ बजे बालुवाटारमा बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

कोरोना प्रभाव, लकडाउनलगायतका विषय समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । गत वर्ष पनि कोरोना संक्रमण बढ्दै जाँदा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।