अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीसीएमसीको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुन सक्ने

सीसीएमसीको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुन सक्ने


काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो बस्ने बैठकमा कोरोना महामारी जोखिम नियन्त्रण लगायत विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोनाबाट विशेषगरी बालबालिका प्रभावित भइरहेका छन् । विद्यायलय बन्द गरेर भएपनि बालबालिकालाई जोगाउनुपर्ने सबैको सुझाव छ । आजको बैठकले कोरोना जोखिम रोक्नका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेतट १४ जिल्ला कोरोनाबाट अति प्रभावित भएकाले ती जिल्लामा विद्यालय बन्द गर्न अपिल गरिसकेको छ । ती जिल्लामा भीडजन्य क्रियाकलाप नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले ठूला शहरका विद्यालय करिब एक महिना बन्द गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपनि त्यसबारे मन्त्रिपरिषद् कुनै निर्णय गरेको छैन ।

सरकारबाट निर्णय नभएसम्मका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भएपनि विद्यालय सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

विद्यालय बन्द गर्नुपर्ने अवस्था आए स्थानीय तह, जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डीसीसीएमसी)सँग समन्वय गर्न पनि शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।