अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यसअघि चैत्र ३० गते बस्ने तय भएको बैठक नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेरबारे छलफल गर्न बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍न लागेको हो ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठनमा समायोजनको कार्यतालिका परिवर्तन गर्ने तयारी छ ।