काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलको शपथ आजै हुने भएको छ ।
माओवादी केन्द्रले दल त्याग गरेको भन्दै संघीय संसदमा पत्र पठाएसँगै थापाको राष्ट्रिय सभा सदस्य रिक्त भएको थियो । संविधानअनुसार उहाँ आजै गृहमन्त्रीबाट स्वतः पदमुक्त हुनुभएको थियो ।
यसअघि नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी केन्द्रबाट भएका मन्त्री भएकाहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहको पनि सांसद पद रिक्त भएपछि भोलिपल्टै शपथ गराइएको थियो ।
प्रतिक्रिया