अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले आफ्नो बनाउने नेपालको अन्तिम कसरत, भित्रभित्रै नयाँ पार्टीको तयारी

एमाले आफ्नो बनाउने नेपालको अन्तिम कसरत, भित्रभित्रै नयाँ पार्टीको तयारी


काठमाडौं– प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल माधवकुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ ।

बेदुराम भूसाल र राजेन्द्र पाण्डे आइतबार निर्वाचन आयोग पुगे । निकट स्रोतका अनुसार एमाले आफ्नो बनाउने नेपालको अन्तिम कसरत हो । तर, सम्भव नहुने निष्कर्षमा पुगेको नेपाल समूहले नयाँ पार्टीको तयारी पनि भित्रभित्रै गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो । निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारकतासम्बन्धी निवेदनमा पार्टीमा गम्भीर विवाद सिर्जना भएको उल्लेख गर्दै यसमा निर्णय गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

सके एमाले आफ्नो बनाउने, नसके वैधानिक रुपमा छुट्टिने खनाल नेपाल समूहको तयारी रहेको छ ।