अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषदद्वारा हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषदद्वारा हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न सिफारिस


काठमाडौं– सरकारले संसदको हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ ।