अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिबाट भारतीय कोभिशिल्ड खोपको दोस्रो डोज

भोलिबाट भारतीय कोभिशिल्ड खोपको दोस्रो डोज


काठमाडौं- भारतीय कोभिशिल्ड खोपको पहिलो डोज खोप लगाइसकेकाहरूलाई खोपको दोस्रो डोज मंगलबारबाट दिइने भएको छ ।

सरकारले गत माघ र फागुनमा चार लाख ३९ हजारलाई सो खोप दिएको थियो ।

गत माघमा पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज खोप दिइन लागेको हो । गत माघ १८, १९, २०, २१ र २७ गते पहिलो डोज खोप लगाएकालाई वैशाख ८ गते दोस्रो डोज दिइने छ ।

माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउने पालो वैशाख ९ गते तोकिएको छ ।

यसैगरी माघ २९ र फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० मा दोस्रो डोज लगाउन पाउने छन् ।

त्यसैगरी माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरूले दोस्रो डोज वैशाख ११ गते लगाउनु पर्नेछ ।

खोप लगाउन मन्त्रालयले १९ वटा अस्पताल तोकेको छ । जसमा वीर अस्पताल, प्रसूति गृह थापाथली, शुक्रराज अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगलम छन् ।

त्यसैगरी, हिमाल अस्पताल ज्ञानेश्वर, ह्याम्स अस्पताल धुम्बाराही, त्रिवि शिक्षण अस्पताल अस्पताल महाराजगञ्ज, स्तुपा अस्पताल बौद्ध, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, ओम अस्पताल चाबहिल, जनमैत्री अस्पताल बालाजु, मदरल्याण्ड अस्पताल जडिबुटी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल प्रहरी अस्पतालमा खोप लगाइने छ ।

सरकारले २०७७ साल माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

Skip This