अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज १ हजार २८१ जनामा कोरोना संक्रमण

देशभर आज १ हजार २८१ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ७ हजार १ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२७ र ५४७ वटा एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ जना संक्रमितको मृत्यु छ ।

हालसम्म नेपालमा कोरोनाबाट ३ हजार ९१ संक्रमितको मृत्यु भएको छ ।

आज देशभर २ सय ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।