अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाद्य कम्पनीले चार वर्षपछि पायो प्रमुख कार्यकारी अधिकृत

खाद्य कम्पनीले चार वर्षपछि पायो प्रमुख कार्यकारी अधिकृत


काठमाडौं- सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ ।

कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसक्नुभएको छ ।

विसं २०७४ असोजमा डा. शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक सिइओका रूपमा रहँदै आएका थिए । कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुनुहुन्छ ।