अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज १७ सय ३६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

देशभर आज १७ सय ३६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १ हजार ६ सय ६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

त्यस्तै, आज २ सय ५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।

गत २४ घण्टामा ११ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ पुगेको छ । हाल देशभर ५ हजार ६५९ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।