अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी स्थायी कमिटी बैठक आज पनि, कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा

माओवादी स्थायी कमिटी बैठक आज पनि, कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा


काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने माओवादीका नेताहरुले बताएका छन् ।

बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ । यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने माओवादीका नेताहरुले बताएका छन् ।

बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि सभापति निवास बुढानिलकण्ठमा बसेको छ ।