अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज २ हजार ३५१ जनामा कोरोना संक्रमण

देशभर आज २ हजार ३५१ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा नेपालमा २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ८४४ पीसीआर गर्दा २ हजार २२० र ८०३ एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५१ जनामा संक्रमण देखिएको छ ।

आज ललितपुरमा १८१, भक्तपुरमा ८४ र काठमाडौंमा ७८६ जनामा कोरोना देखिएको छ ।

१० हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन् । ८३६ संस्थागत आइसोलेसनमा रहेका छन् भने ९ हजार ७४६ जना रहेका मन्त्रालयले जनाएको छ ।