अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्राधिकरणले १० वर्षे पुनर्निर्माण महाअभियान सञ्चालन गर्ने

प्राधिकरणले १० वर्षे पुनर्निर्माण महाअभियान सञ्चालन गर्ने


काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १० वर्षे पुनर्निर्माण महाअभियान सञ्चालन गर्ने भएको छ । विपद् जोखिममुक्त नेपाल निर्माणको दसवर्षे महाअभियानका लागि कार्यक्रम तयार गरिने प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८औं बैठकले यससम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि उक्त महाअभियान सुरु गर्ने निर्णय गरेको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रमसम्बन्धी प्रस्ताव तयार भइरहेको जानकारी दिनुभयो । भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकोमा निर्देशक समितिको बैठकले खुसी व्यक्त गरेको छ।