अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पष्टीकरण सोधिएका सांसदहरूले फर्काउन थाले जवाफ

स्पष्टीकरण सोधिएका सांसदहरूले फर्काउन थाले जवाफ


काठमाडौं- सत्तारुढ नेकपा एमालेले स्पष्टीकरण सोधेका सांसदहरूले जवाफ दिन सुरू गरेका छन् ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार दाङका सांसद हिराचन्द्र केसीले स्पष्टीकरणको जवाफ पठाउनुभएको छ । ‘अन्य सांसदहरुले पनि भोलिसम्ममा जवाफ पठाउने जानकारी दिनुभएको छ,’ भट्टराईले भन्नुभयो ।

भट्टराईका अनुसार केसीले आफू पार्टीविरुद्धका कुनै पनि गतिविधिमा संलग्न नभएको प्रष्टीकरण दिनुभएको छ । उहाँले पार्टीको ह्वीप उल्लंघन नगर्ने, संस्थापनको पक्षमा नै उभिने उल्लेख गर्नुभएको छ ।

केसी प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

एमाले कारबाहीको सूचीमा रहेका संघीय र प्रदेश सभाका ३२ सांसदलाई स्पष्टीकरणका लागि पत्र काटेको थियो ।