अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु


सिन्धुली- जिल्लाको कमलामाई नगरपालिका-१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका भएको दुर्घटनामा दुधौली नगरपालिका-४ डकाहाका २६ वर्षीय यमकुमर (दनुवार) र उहाँका भतिजहरू १३ वर्षीय आशीष कुमर र ९ वर्षीय अदितकुमरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुली प्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाका अनुसार उहाँहरूमध्ये दुई जनाको घटनास्थलमै र अदितको सिन्धुली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

कमलामाई नगरपालिका-९ को भिमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।