अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको निर्देशन बमोजिम कोरोना नियन्त्रणमा बाँकेमा एमाले कार्यकर्ता परिचालन

पार्टीको निर्देशन बमोजिम कोरोना नियन्त्रणमा बाँकेमा एमाले कार्यकर्ता परिचालन


नेपालगञ्ज- नेकपा एमालेको केन्द्रीय कमिटीले कोरोना विरुद्ध लड्नका लागि आम कार्यकर्तालाई परिचालन हुन निर्देशन दिएको तीन दिन नवित्दै प्रदेश र जिल्ला कमिटीहरु परिचालित हुन थालेका छन् ।

लुम्बिनी प्रदेशको बाँके जिल्ला कमिटीले विभिन्न नेताहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर परिचालन गरेको हो । अहिले कोरोनाको हट स्पट बनेको बाँकेमा एमालेले अति अफ्ठ्यारोमा परेका बिरामीलाई सहयोगको लागि हेल्प डेस्क स्थापना गरेर काम सुरु गरेको उपमहानगर अध्यक्ष दत्तप्रसाद आचार्यले नेपाली बहस डट कमलाई बताउनुभयो ।

आचार्यका अनुसार २२ जना नेताहरुलाई आठवटा पालिकाको जिम्मेवारी दिएको छ । कोरोनाको सुरुको लहरमा महामारी फैलिएको नरैनापुरमा सोहनलाल यादवलाई जिम्मेवारी दिइएको छ । यसैगरी राप्तीसोनारीमा तुलसीराम थारु,मनोज केसी र चमेली बामबललाई जिम्मेवारी दिइएको छ । कोहलपुरमा बलराम भट्टराई ,खिलप्रसाद भुसाल,खेमराज शर्मा र निर्मला सुनारलाई जिम्मेवारी दिइएको छ ।

बैजनाथमा इन्द्र बहादुर थापा र निर्मला मल्ललाई जिम्मेवारी दिइएको छ । खजुराको जिम्मा भीम वली,तिलकवीर सुनार, जानकीमा पदम धिताल,र जयराम यादवलाई जिम्मेवारी दिएको छ । डुडुवामा सकिल खाँ, जमिल खाँ र महेन्द्र शाहीलाई हेल्प डेस्क सञ्चालन गर्ने जिम्मेवारी छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्य,राजेन्द्र कडेंल,मोहित शाह,कमलेस यादव र विक्रान्त श्रीवास्तवलाई जिम्मेवारी दिइएको छ ।

एमाले बाँकेले आफू घर बाहिर ननिस्कन र अरुलाई पनि निस्कन नदिन अनुरोध गरेको छ । यस्तै सचेतनापूर्ण ढंगले कोभिड १९ रोकथाम र नियन्त्रणमा पार्टी कमिटीहरु र वडा तहमा स्वयम् सेवकको रुपमा परिचालित हुन पनि निर्देशन दिएको छ ।

अस्ति १० गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई कोरोेना महामारी विरुद्ध परिचालन हुन निर्देशन दिएको थियो ।