अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश सभा बैठक अवरुद्ध, २० मिनेटका लागि स्थगित

गण्डकी प्रदेश सभा बैठक अवरुद्ध, २० मिनेटका लागि स्थगित


पोखरा- नेकपा (एमाले) ले गण्डकीको चालू विशेष अधिवेशन अवरुद्ध गरेको छ । मंगलबार संसद सुरू हुनासाथ एमालेका सांसदहरूले सांसदको पीसीआर गर्नुपर्ने माग राखेर विरोध जनाउनुभएको हो ।

संसद अवरुद्ध गर्नुको कारणबारे बिफ्रिङ गर्दै एमाले सांसद राजीव पहारीले सांसदहरूको पीसीआर गर्नुपर्ने माग राख्नुभयो । ‘आधाभन्दा बढी माननीयले कोभिडको डबल डोज लगाएको अवस्था छैन । कास्की जिल्लाले जारी गरेको सूचनामा पनि भीड नगर्नु भनेको छ,’ उहाँले भन्नुभयो, ‘हेल्थ प्रोटोकल जारी नगरी संसद सुरू गर्दा कोरोना नफैलियोस् । कोरोना सरेर कोही माननीयको मृत्यु भयो भने के गर्ने?’

उहाँले पीसीआर चेक गरेर मात्र संसद चलाउनुपर्ने माग राख्नुभयो ।

पटक-पटक आग्रह गर्दागर्दै पनि एमलो सांसदहरू बस्न नमानेपछि सभामुखद नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद स्थगित भएको घोषणा गर्नुभयो ।