अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोकिएभन्दा बढी पीसीआर शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

तोकिएभन्दा बढी पीसीआर शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको भन्दा बढी पीसीआर परीक्षण शुल्क नलिन प्रयोगशालालाई आग्रह गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै केही निजी प्रयोगशालाले तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएपछि थप शुल्क नलिन आग्रह गरेको हो ।

सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क निर्धारण गरेको छ ।

मन्त्रालयले तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइनेसमेत चेतावनी दिएको छ ।

मन्त्रालयको सूचना :