अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा अविश्वास प्रस्ताव : वैशाख १९ मा बोलाइयो प्रदेशसभा बैठक

लुम्बिनीमा अविश्वास प्रस्ताव : वैशाख १९ मा बोलाइयो प्रदेशसभा बैठक


बुटवल- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बस्ने भएको छ । प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट आज आएको पत्रमा वैशाख १९ गतेको लागि बैठक आह्वान गरिएको हो ।

‘आज पत्र आएको छ । हामीले मैखिक रुपमा दलको सचिवालयमा जनाकारी गराएका छौँ । आज सभामुख नआएकोले तोक लगाएर भोलि औपचारीक रुपमा सूचना प्रकाशित गर्ने छौँ,’ अधिकारीले भन्नुभयो ।

माओवादी र नेपाली कांग्रेससहितका दलहरूले वैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विशेष अधिवेशनको माग पनि गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता भएकै दिन समाजवादी पार्टीका चार जना सांसद मन्त्री बन्नु भएको छ ।