अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा सपथग्रहण

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा सपथग्रहण


मकवानपुर- बागमती प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरू तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गर्नु भएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरू तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । धादिङका डा।रामकुमार अधिकारीले सामाजिक विकास राज्यमन्त्रीका जिम्मेवारी पाउनुभएको छ ।

नवनियुक्त मन्त्रीहरू तथा राज्य मन्त्रीले आजै पदभार सम्हाल्ने जनाइएको छ ।