अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना


 

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना हुनु हुने भएको छ ।

न्युरो-इन्डोक्राइनको ट्युमर शल्यक्रिया गर्न जसपा संघीय परिषद् अध्यक्षसमते रहनुभएका भट्टराई आज अस्पताल भर्ना हुनु हुने भएको हो ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार पूर्वप्रधानमन्त्री भट्टराई आज वीर अस्पतालमा भर्ना हुने तय भएको छ । अस्पतालका डा। सुबोध अधिकारीको टिमले शुक्रबार शल्यक्रिया गर्नेछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंकापछि भारतको दिल्लीमा भट्टराईको स्वास्थ्य परीक्षण भएको थियो ।