अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खेलकुद मन्त्री मनाङेद्वारा शपथग्रहण

खेलकुद मन्त्री मनाङेद्वारा शपथग्रहण


पोखरा- गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथग्रहण गर्नु भएको छ ।

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथग्रहण गराउनुभएको हो ।

सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् ।

कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैँले राख्नु भएको छ ।

मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रूपमा विजयी हुनु भएको थियो ।