अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई रुसले कोरोना खोप तत्काल उपलब्ध गराउने

नेपाललाई रुसले कोरोना खोप तत्काल उपलब्ध गराउने


काठमाडौं- नेपाललाई कोरोना भाइरस (कोभिड-१९) खोप तत्काल उपलब्ध गराउन रुस सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभले खोप उपलब्ध रुस तयार रहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको (स्पुतनिकभी) तत्काल उपलब्ध गराउने पहल गरि दिन राजदूतलाई आग्रह गर्नु भएको थियो । जवाफमा राजदूत नेभिकोभसहितको प्रतिनिधिमण्डलले तत्काल खोप उपलब्ध गराउन प्रक्रिया थाल्ने बताउनुभएको थियो ।

भेटमा अन्य दुई पक्षीय सम्बन्धबारे पनि छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई अझ प्रभावकारी बनाउने विषयमासमेत छलफल भएको बताइएको छ ।

सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिडशिल्ड र चीनले दिएको भेरो सेल खोप नेपालमा अहिले लगाउने क्रम चलिरहेको छ । निषेधाज्ञा जारी भएसँगै चीनले दिएको खोप लगाउने काम तत्कालका लागि भने रोकिएको छ ।