अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशरभर आज ५ हजार ७६३ जनामा कोरोना, १९ संक्रमितको मृत्यु

देशरभर आज ५ हजार ७६३ जनामा कोरोना, १९ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा देभरश ५ हजार ७ सय ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज २ हजार ४ सय ९५ जना सङ्क्रमित थपिएका छन् । आज काठमाडौंमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ ।

यासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ३ लाख २८ हजार आठ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ५ हजार ६५७ जनामा सङ्क्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भएको थियो । आज १९ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरी ४३ हजार २ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टाको अवधिमा १ हजार २८७ जना निको भई घर फर्कनुभएको छ ।