अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले हात खुट्टा छोडेको छैन : स्वास्थ्य मन्त्री (भिडियोसहित)

सरकारले हात खुट्टा छोडेको छैन : स्वास्थ्य मन्त्री (भिडियोसहित)


काठमाडौं– सरकारले आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा कोरोनाको उपचारका लागि १ हजार बेड थपिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीले एक भिडियो सन्देश जारी गर्दै सरकारले त्यो तयारी गरिसकेको उल्लेख गर्नुभएको छ । ‘अहिले विश्व नै प्रताडित छ । विशेषगरी हाम्रो दक्षिण छिमेकी हिन्दुस्तान थप प्रताडित छ त्यसले गर्दा अक्सिजन आपूर्तिमा केही समस्या देखापरिरहेका छन् ’ त्रिपाठीले भन्नुभएको छ ‘आतंकित हुनुपर्ने अवस्था छैन । सबै जिम्मा सरकारले लिएको छ । सरकार आफ्नो प्रतिवद्धता पूरा गर्न कटिबद्ध छ ।’

पिडाको समयमा संक्रमितहरुले जुन दुख भोगीरहेका छन् त्यससँग आफू परिचित र दुखित भएको मन्त्री त्रिपाठीले बताउनुभएको छ । ‘सरकार यहाँहरुको साथमा छ । बाहिर प्रचार भएजस्तो सरकारले हात खुट्टा छोडेको होइन । सरकार जिम्मेवारीका साथ आफ्नो कर्तव्यपालनमा अघि बढेको छ । यथासम्भव विश्वमा उपलब्ध स्रोत साधन भ्याक्सिन, अक्सिजन सिलिण्डर र अन्य कुराहरु ल्याउन सरकार दत्तचित्त भएर लागेको छ । यसका लागि जीवनदानी केही औषधीहरु पनि दुईतीनदिन भित्रै आपूर्ति हुनेछन्,’ उहाँले भन्नुभएको छ ।