अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा पार्किङमा राखेको कारभित्र तीन जनाको शव फेला

दाङमा पार्किङमा राखेको कारभित्र तीन जनाको शव फेला


दाङ- तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिएको एउटा कारभित्र तीन वटा शव फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको स्याउली बजारमा पार्किङ गरिएको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार विगत चार मिहनादेखि त्यो स्थानमा पार्किङ गरेर राखिएको थियो ।

‘चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरू फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदैछ ।’

उहाँका अनुसार घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था रहेको छैन । डीएसपी सिंहले गाडी स्याउली बजारमा गएको माघदेखि नै पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

शनिबार बेलुका एउटा बस पार्किङका लागि कार छेउमा जाँदा बसका स्टाफले कारभित्रबाट गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।