अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधाज्ञा थप कडा : पत्रकारलाई विभागको कार्ड अनिवार्य, सरकारी सवारी साधनलाई पनि कडाइ

निषेधाज्ञा थप कडा : पत्रकारलाई विभागको कार्ड अनिवार्य, सरकारी सवारी साधनलाई पनि कडाइ


काठमाडौं– आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ ।

उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकका निर्णय र सीसीएमसीको निर्णयअनुसार पत्रकारलाई पनि कडाइ गर्न लागिएको हो । साथै, बैंक तथा वित्तीय संस्था र सरकारी सवारी साधनलाई पनि कडाइ गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई होल्ड गरिने पनि उनले बताउनुभयो ।