काठमाडौं- गत २४ घण्टामा देशभर ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा यो संख्या महामारीयताकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हो ।
एन्टीजन र पीसीआर विधिबाट १६ हजार ७ सयको परीक्षण गर्दा आज ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज ३ हजार ५९५ जनामा पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर २७ जना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया