अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?


बुटवल- लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनु भएको छ । उहाँहरू दुबै जनाले शपथ ग्रहण गरिसक्नु भएको छ ।

यस्तै, जसपाबाट मन्त्री बनेका यसअघिका चारै जना मन्त्री हुनु भएको छ । जसमध्ये सन्तोष पाण्डे र विजय यादवले आज पूर्ववत पदमै सपथ ग्रहण गर्नुभयो । पाण्डेले भौतिक पूर्वाधार विकास र यादव भूमि व्यवस्था तथा कृषि मन्त्रीको रूपमा सपथ लिनु भएको छ ।

यस्तै, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले उहाँहरूले भोलि सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि आजै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथग्रहण गराउनुभएको थियो ।