अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१९ सय पर्ने अक्सिमिटरलाई ३५ सयमा बिक्री गर्ने व्यापारी पक्राउ

१९ सय पर्ने अक्सिमिटरलाई ३५ सयमा बिक्री गर्ने व्यापारी पक्राउ


वीरगन्ज- शरीरमा अक्सिजनको मात्रा र पल्स जाँच गर्ने अक्सिमिटर दोब्बर मूल्यमा बिक्री गर्ने एक व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारी रहेका छन् । उनले आफ्नै घरमा खोलेको औषधि पसलमा एक हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको प्रहरीमा उजुरी पुगेको थियो ।

विशेष सूचनाको आधारमा शुक्रबार साँझ साढे ५ बजे प्रहरी टोलीले तिवारीको पसलबाट १२ थान अक्सिमिटर बरामद गरेको थियो ।

तिवारीलाई नियन्त्रणमा लिएर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।