अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अक्सिजन सिलिण्डर सहज उपलब्ध गराउन ६ सदस्यीय टाक्स फोर्स गठन

अक्सिजन सिलिण्डर सहज उपलब्ध गराउन ६ सदस्यीय टाक्स फोर्स गठन


काठमाडौं- कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) टाक्स फोर्स गठन गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय टाक्स फोर्स गठन गरेको हो ।

टाक्स फोर्समा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सह-सचिव, नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरी अस्पतालका प्रतिनिधि गरी छ जना सदस्य रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

टाक्स फोर्सले काम पनि सुरू गरिसकेको उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।