अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार कोभिड-१९ को रोकथाममा केन्द्रित छ : प्रधानमन्त्री ओली

सरकार कोभिड-१९ को रोकथाममा केन्द्रित छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोरोना महामारीलाई नियन्त्रण गर्न केन्द्रित रहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैकठमा सम्बोन गर्दै उहाँले सरकारको ध्यान यतिबेला कोभिड-१९ को रोकथाम त्यसको उपचारमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले आवश्यकताअनुसार सरकारले कोरोनाविरुद्धको लडाइका कदमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताउनुभयो ।

साथै, प्रधानमन्त्री ओलीले कोभिड-१९ बाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जी तथा दुःख व्यक्त गर्नु भएको छ । उहाँले उपचाररत सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नु भएको छ ।