अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस (पत्रसहित)

बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस (पत्रसहित)


काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । जसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औँ बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।