अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तातोपानी नाकाबाट आज २५ सय थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने

तातोपानी नाकाबाट आज २५ सय थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने


सिन्धुपाल्चोक- अक्सिजनका खाली सिलिण्डर चीनको तिब्बतको खासाबाट तातोपानी नाका आइपुग्ने क्रम सुरू भएको छ । नेपाली व्यवसायीले १८ हजार थान सिलिण्डर मगाएकोमध्ये आज करिब २५ सय थान भन्सारमा आइपुगको भन्सारका अधिकारीले जानकारी दिएका छन् ।

अहिले ती सामानको जाँच चलेको र केही बेरमा काठमाडौं पठाइने भन्सारले जनाएको छ । अन्य सिलिण्डर र स्वास्थ्य सामग्री बोेकेका कन्टेनर पनि खासा आइपुगेको र नेपाल भित्रिने चरणमा छन् ।

व्यापारीले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरी खासा क्षेत्र हुँदै तातोपानी नाका पुर्‍याइएका हुन् । उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिनुभयो ।

सोमबार १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ आएको तातोपानी सीमास्थित ‘बीओपीका’ सशस्त्र प्रहरी निरिक्षक केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।