अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड

मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड


काठमाडौं- परराष्ट्रन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यो रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने ज्ञवालीको सचिवालयले जनाएको छ । जिल्ला अस्पतालमा थप पाँच बेडको आईसीयू निर्माणका लागि बजेटको पहल भइरहेको मन्त्री ज्ञवालीले फेसुबकमा लेख्नुभएको छ ।

मन्त्री ज्ञवालीका अनुसार रुरु, जोहांग र श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री चाँडै नै पठाइने तयारी छ ।

रकम पठाउनका लागि सहयोगी भूमिका निर्वाह गरिदिने अर्थ मन्त्रालय र अक्सिजन अभियान सुरू गरेको पत्रकार महासंघ गुल्मीलाई पनि मन्त्री ज्ञवालीले धन्यवाद दिनुभएको छ ।

गुल्मी मन्त्री ज्ञवालीको गृह जिल्ला हो ।