अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मनाङ्गे फेरि मन्त्री बन्ने

गण्डकीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मनाङ्गे फेरि मन्त्री बन्ने


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । सचिवालयका अनुसार उहाँले यसअघि नै मन्त्री भएकालाई पुनः मन्त्री बनाउन लाग्नुभएको हो ।

यसअघि, आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन, पर्यटन, उद्योग, वाणिज्य तथा वन मन्त्रीमा विकास लम्साल हुनुहुन्थ्यो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार युवा तथा खेलकुद मन्त्री बन्नुभएका राजिव गुरुङ ‘दीपक मनाङे’ पनि पुनः मन्त्री नियुक्त हुनुहुने भएको छ ।