अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा पाँच बेडको आईसीयू बनाउन २ करोड विनियोजन

गुल्मीमा पाँच बेडको आईसीयू बनाउन २ करोड विनियोजन


काठमाडौं- गुल्मीमा पाँच बेडको अस्पतालसहितको आईसीयू निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

आईसीयू जिल्ला अस्पतालमा निर्माण गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सचिवालयले जनाएको छ । यसअघि पनि मन्त्री ज्ञवालीको पहलमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

रकम विनियोजन गरिदिने स्वास्थ्य मन्त्री र अर्थमन्त्रीलाई ज्ञवालीले आभार प्रकट गर्नुभएको छ भने गुल्मेली जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।