अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालमा ९४ शव

भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालमा ९४ शव


काठमाडौँ-रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ।

अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बताए।

अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शवमात्र पहिचान गरि परिवार तथा आफन्तलाई जिम्मा लगाइसकेको छ।