अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३० अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन (सूचीसहित)

३० अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन (सूचीसहित)


काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिनुभयो ।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउने छन् ।

प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् ।

ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।