अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाले पठाएको थप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

अमेरिकाले पठाएको थप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं- कोरोना महामारी नियन्त्रणका लागि अमेरिकाले पठाएको थप स्वास्थ्य सामग्रीसहित एक कार्गो जहाज काठमाडौं आइपुगेको छ । अमेरिकाले तीन वटा चार्टर जहाजबाट स्वास्थ्य सामग्री पठाउने क्रममा यो पहिलो उडान काठमाडौं आइपुगेको हो ।

सो जहाजबाट प्राप्त सामग्रीहरू नेपालका लागि अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग यूएसएडका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अमेरिकाबाट सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा लगायतका सामग्री प्राप्त भएको छ ।

अमेरिकाले अघिल्लो पटक यूएसएडमार्फत् १०० थान भेन्टिलेटर, कोरोना परीक्षण उपकरण, अक्सिजनसम्बन्धी सामग्री, पीपीई, र संक्रमितको जीवन बचाउन चाहिने अन्य मेडिकल सामग्री प्रदान गरेको थियो ।