अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वीट्जरल्यान्डले पठाएको ९४ करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

स्वीट्जरल्यान्डले पठाएको ९४ करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो


काठमाडौं– नेपालमा बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणका लागि स्वीट्जरल्यान्ड सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

८० लाख अमेरिकी डलर अर्थात् करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री आजकाठमाडौं आइपुगेको हो । उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ ।

नेपालस्थित स्विज राजदूतवासका अनुसार नेपालले गरेको आग्रह अनुसार स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्रीमा ४० थान भेण्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेस्ट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।