अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री मनाङेद्वारा पुनः सपथग्रहण

मन्त्री मनाङेद्वारा पुनः सपथग्रहण


पोखरा- गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ) ले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यही जेठ ५ गते बुधबार गराइएको शपथ ग्रहण समारोहमा काठमाडौं भएका कारण उपस्थित हुनसक्नुभएको थिएन ।

नेकपा (एमाले) को समर्थनमा मनाङको प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित गुरुङ यसअघिको प्रदेश सरकारको पनि केही दिन युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो ।