अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीमा प्रभावकारी बन्दै उपमेयर सुत्केरी भेट कार्यक्रम

इटहरीमा प्रभावकारी बन्दै उपमेयर सुत्केरी भेट कार्यक्रम


सुनसरी- इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो ।

उपमेयर गौतमले हिजो मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा वन्दवन्दिले जटिलता भइरहेकोवेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा सुत्केरीहरु खुसी भएका छन् ।

‘सुत्केरीहरूले इटहरी अस्पतालमा सुत्केरी गराएकाहरूको घरमा उपमेयर आउनुहुन्छ भन्ने सुनेका थियौं कहिले आउनुहोला भनेर बाटो कुरेर बसेको थियौँ’ भन्ने प्रतिक्रिया दिएको उपमेयर गौतमले जानकारी दिनुभयो ।

उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको संख्यासमेत वढेको छ ।