अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवेकशिल साझाका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईंले व्यहोर्ने (विज्ञप्तीसहित)

विवेकशिल साझाका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईंले व्यहोर्ने (विज्ञप्तीसहित)


काठमाडौं -विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च विर्तामोडको वि एण्ड सी मेडिकल कलेजले व्योहोर्ने भएको छ ।

कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले शनिबार एक विज्ञप्ती जारी गरेर थापाको सबै खर्च आफूले व्योहोर्ने जानकारी दिनुभएको छ । विवेकशीलले हिजो थापाको उपचारमा सहयोग गर्न सबैलाई आह्वान गरेको थियो ।

प्रसाईंले जारी गरेको विज्ञप्तीमा कोही पनि नागरिक उपचार खर्चको अभावमा मर्नु नपरोस् भनेर थापाको उपचार खर्च आफ्नो कलेजले व्योहोर्न लागेको उल्लेख छ । थापाको उपचारमा लाग्ने खर्चको समन्वय गर्न कलेजका जनसम्पर्क अधिकारी प्रमेश गिरीको मोवाइल नं ९८०१४५६७८१ मा सम्पर्क गर्न भनिएको छ ।

प्रसार्ईंलाई विगतमा मेडिकल माफियाको आरोप लगाउँदै विवेकशील साझाले गोविन्द केसीको आन्दोलनलाई समर्थन गरेको थियो ।