अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका ६ मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

सुदूरपश्चिमका ६ मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण


कैलाली- नेकपा एमालेले ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । हिजो (शुक्रबार) नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोध्नु भएको हो । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने भन्दै२४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

शुक्रबार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिंदा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो । एमालेका अनुसार बाँकी तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको छ ।