अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगन्जका मेयरले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

नेपालगन्जका मेयरले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने


 

नेपालगन्ज– लुम्बिनी प्रदेशमा आज भइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले मतदान नगर्ने बताउनुभएको छ ।

अहिले कोरोनासँग जुझ्ने समय भएकाले कांग्रेस, एमाले र माओवादीको जुधाइमा आफूले मतदान नगर्ने राणाको भनाइ छ । ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उहाँले भन्नुभयो, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले काग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’