अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थापालाई मन्त्री पदबाट हटाउन माग गर्दै कर्णाली प्रदेशसभा अवरुद्ध

थापालाई मन्त्री पदबाट हटाउन माग गर्दै कर्णाली प्रदेशसभा अवरुद्ध


सुर्खेत- कर्णाली प्रदेशका भौतिक योजनामन्त्री अम्मरबहादुर थापालाई पदबाट बर्खास्तको माग गर्दै कर्णाली प्रदेश सभा अवरुद्ध भएको छ।

सरकारी कागजात किर्ते गरेको अभियोगमा सर्वोच्च अदालतवाट दोषी ठहर भएका मन्त्री थापालाई बर्खास्तको माग गर्दै नेकपा एमालेले आजको प्रदेश सभा अवरुद्ध गरेको हो ।

बजेट अधिबेशनको पहिलो दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेका व्यक्ती मन्त्री पदमा रहन नैतिकताले नमिल्ने बताउँदै उहाँलाई पदबाट नहटाएसम्म सदन सुचारु हुन नसक्ने बताउनुभयो ।