अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको तेस्रो लहरसँग जुध्न सरकारले तयारी थालिसक्यो : स्वास्थ्यमन्त्री तामाङ

कोरोनाको तेस्रो लहरसँग जुध्न सरकारले तयारी थालिसक्यो : स्वास्थ्यमन्त्री तामाङ


काठमाडौं- स्वाथ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले त्यसविरुद्ध लड्न सरकारले आवश्यक तयारी थालिसकेको बताउनुभएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने जनस्वास्थ्यविद्हरूले बताउँदै आएकाले सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

मन्त्री तामाङले बालबालिकाको उपचारका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालय जुटिसकेको बताउनुभयो ।

मन्त्री तामाङले सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल हालै जारी अध्ययादेश अनुसार सञ्चालन हुने पनि जानकारी दिनुभयो । अध्यादेशमा प्रष्टसँग कोरोना महामारी नसकिँदासम्म वीर अस्पताललाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल रहने व्यवस्था गरेको उहाँले बताउनुभयो ।