अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कुनै एक व्यक्तिको हुकुमीतन्त्रको पक्षपोषण गर्दैन : मायानाथ अधिकारी

एमाले कुनै एक व्यक्तिको हुकुमीतन्त्रको पक्षपोषण गर्दैन : मायानाथ अधिकारी


पोखरा- गण्डकी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले चुनावमा जाने सरकारको कदको प्रशंसा गर्नु भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँले प्रतिगमन भयो भनेर भइरहेका हल्लाप्रति असहमित जनाउनुभयो । ‘एमाले कुनै एक व्यक्तिको हुकुमीतन्त्रको पक्षपोषण गर्दैन,’ प्रमुख सचेतक अधिकारीले भन्नुभयो, ‘एकदलीय तानाशाही व्यवस्थाको सम्भावना अहिले छैन । जनताको बीचमा जाने, जनताको मत लिने कुरा प्रतिगामी हुँदैन ।’

त्यस्तै, हउाँले सरकार र नेतृत्वलाई गाली गरेर मात्र कोही पनि उम्किन नपाउने बताउनुभयो । ‘काठमाडौंमा पानी प र्‍यो भन्दैमा पोखरामा छाता ओढ्ने?,’ प्रमुख सचेतक अधिकारीले प्रश्न गर्नुभयो, ‘केपी ओलीसँग रिस उठ्यो भन्दैमा पृथ्वी सुब्बा गुरुङलाई गाली गर्ने?’

उहाँले कोरोना महामारीको समयमा विश्वासको मत र अविश्वासको मतको दोहोरीमा लाग्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेकोसमेत बताउनुभयो । ‘जनताले अपेक्षा गरेजस्तो काम भएको नहोला तर केही पनि नभएको भन्ने होइन,’ प्रमुख सचेतक अधिकारीले भन्नुभयो ।