अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपा उपेन्द्र पक्षको ह्वीप

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपा उपेन्द्र पक्षको ह्वीप


काठमाडौं- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको उपेन्द्र पक्षले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

आज वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नु भएको हो ।

प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गर्नु भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी हुनुहुन्छ ।

त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो ।